ओशो साहित्यले धार्मिक आध्यात्मिक, सांस्कृतिक, सामाजिक, राजनैतिक, शैक्षिक, महिला-पुरुष लगायत सबै क्षेत्रको प्रतिनिधित्व गरेका पुस्तकहरु प्रकाशित भएका छन् । यी पुस्तकको अध्ययन-अध्यापनबाट मानिसले भौतिक-आध्यात्मिक क्षेत्रको पहिचान गर्दै पारलौकिकतातर्फ उन्मुख हुन सक्नेछन् र जीवनलाई धन्य-धन्य बनाउन सक्नेछन् । यसबाट नै मानिसले जीवनको सही मार्ग पहिचान गरी जीवनलाई सार्थक बनाउन सक्नेछन् ।